एमाले मकवानपुरले भदौ १८ गतेभित्र उम्मेद्वार सिफारिस गर्ने, तोकियो सबै क्षेत्रमा सहजकर्ता

हेटौँडा । आउँदो मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको लागि नेकपा एमाले मकवानपुरले उम्मेद्वार सिफारि गर्ने मिति र मापदण्ड तोेकेको छ । बुधबार बसेको एमाले मकवानपुरको सचिवालय बैठकले प्रतितिधि तथा प्रदेश तहका कमिटिको बैठकले आगामी भदौ १७ र १८ गतेभित्र जिल्ला कमिटिलाई उम्मेद्वार सिफारिस गर्न समय तोकिदिएको हो ।

बैठकले प्रतक्ष्यमा एक महिला सहित ३ जनासम्म सिफारिस गर्न सकिने मापदण्ड बनाएको एमाले मकवानपुरका सचिव नविन सिग्देलले बताए । । उम्मेद्वार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्वता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन बमोजिम गर्न निर्देशन दिईएको सचिव सिग्देलको भनाई छ । बैठकले प्रतिनिधिसभा क्षेत्र नंबर १ मा अनन्त पौडेल तथा क्षेत्र नंबर २ मा डोरमणी पौडेललाई सहजकर्ता तोकेको छ । त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नंबर १ को ‘क’मा रामचन्द्र राई, ‘ख’ मा गोपाल श्रेष्ठलाई सहजकर्ता तोकेको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नंबर २ को ‘क’मा प्रदेशसभा कमा रामचन्द्र राई, खमा गोपाल श्रेष्ठ, २ नं। डोरमणि पौडेल, प्रदेशसभा कमा नवराज तिमल्सिना ‘ख’ मा एकराज उप्रेतीलाई सहजकर्ता तोकेको सिग्देलले बताए । बैठक एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता तथा एमाले मकवानपुरका इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको हो ।khabarbreak

मुख्य समाचार राजनीति