तोलामै २८ सय रुपैयाँ घट्यो सुनको मूल्य 

एक सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।

अर्थ