प्रतिनिधिसभामा डिना सर्वसम्मत र प्रदेशमा बानियाँ सहित ४ जनाको नाम सिफारिस

हेटौंडा । नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नंबर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छिन् ।

डिना सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेतीले जानकारी दिए ।

कालाखेतीका अनुसार बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि डिना र २ नंबर क्षेत्र को ख का लागि कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ,जिल्ला सभापति बुद्ध लामा,शंकर न्यौपाने र ईश्वर पाठक सिफारिस भएका छन् ।

प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको छ ।khabar brek

मुख्य समाचार राजनीति समाचार समाज