राप्रपा नेपालद्वारा संघ र प्रदेश निर्वाचनको लागि आर्थिक सहयोग गर्न आह्वान

हेटौंडा । राप्रपा नेपालले ४ मंसिरमा हुने संघ र प्रदेश निर्वाचनको लागि आर्थिक सहयोग गर्न आह्वान गरेको छ

पूर्व उपप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको लागि आर्थिक सहयोग गर्न आह्वान गरेका हुन् ।

पार्टीको बैंक खाता नंबर सार्वजनिक गर्दै अध्यक्ष थापाले भनेका छन्ः राष्ट्रियता,प्रजातन्त्र,उदार अर्थतन्त्र र सनातन हिन्दूराष्ट्रको मान्यतामा आधारित ‘सम्वर्द्धनवाद’को धरातलमा समृद्ध नेपाल निर्माणगर्ने लक्ष्य बोकेको एकमात्र पार्टी राप्रपा नेपाललाई आगामी मंसिर ४गते हुने आमचुनावमा तन,मन र धनले सहयोग गर्न सम्पूर्ण दिदीबहिनी र दाजुभाईमा आह्वान गर्दछु ।

मुख्य समाचार राजनीति