आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि  

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा छ सय रुपैयाँले बढेर ९३ हजार छ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ११ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ