हेटौंडा अस्पतालको लागि १४९ जना कर्मचारी माग

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले १४९ जना कर्मचारीहरु माग गरेको छ । प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नको लागि विभिन्न तहका १४९ जना कर्मचारीहरु माग गरेको हो ।

प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालतर्फ आवश्यक विभिन्न तहका १४९ जना जनशक्तिहरु करार सेवाबाट लिनुपर्ने भएकोले यही भदौ २६ गते(सुचना प्रकाशित मितिले ७ दिन) भित्रमा योग्यता पुगेका नागरिकले आवेदन दिनका लागि आग्रह गरिएको छ । हेटौडा अस्पतालको नयाँ भवनबाट सेवा सुचारु गर्न लोक सेवा आयोगबाट पदपुर्ती नभएसम्मको लागि करारमा कर्मचारी माग गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सबैभन्दा बढी स्टाफ नर्स ४५ जना, हाउस अफिसर १५ जना, हेल्थ असिस्टेन्ट र डाटा इन्ट्री तथा क्यासियर ११/११ जना जना माग गरेको छ । त्यस्तै अस्पताल व्यवस्थापक, आयुर्वेद चिकित्सक, लोखा अधिकृत, मेडिकल रेकर्डर अधिकृत, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्डर सुपरभाईचर, प्रशासन सहायक, प्लम्बर, फिजियोथेरापी सहायक, बायोमेडिकल सेक्निसियन र आयुर्वेद सहायक  एक/एक जना माग गरेको छ ।

त्यसैगरी नर्सिङ्ग अधिकृत ८ जना, फार्मेसी असिस्टेन्ट ७ जना, सामाजिक सेवा ईकाइ सहजकर्ता र सि.एस.एस.डी. सहायक ६–६ जना, रेडियोग्राफि टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, डेन्टल आईजिनिष्ट र रेडियोग्राफर ४–४ जना, ओ.टी. टेक्निसियन ३ जना माग गरेको छ । एनेस्थेसियन सहायक, इलेक्टीसियन, फार्मसिष्ट, एनेस्थेसिया अधिकृत र प्रशासनिक अधिकृत दुई/दुई जना प्रतिष्ठानले माग गरेको छ ।

praharkhabar

समाचार समाज स्थानीय स्वास्थ्य