नयाँ बसपार्कको मित्रनगरमा महानगरले डोजर चलायो

 काठमाडौं :  काठमाडौं महानगपालिकाले सोमबार नयाँ बसपार्कस्थित मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचनाहरू  हटाउन सुरु गरेको छ।  महानगरलाई आएको सूचनाका आधारमा सो क्षेत्रमा निरीक्षण गरी अवैध रहेकाले  डोजर लिएर गएको  नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए।

नयाँ बसपार्कदेखि मित्रनगर जाने बाटोमा अवैध संरचना रहेको सूचना आयो। सोही क्षेत्रका अवैध संरचना हटाएको  हो। महानगरले भदौ ६ गतेदेखि नक्साविपरीत अवैध रुपमा सञ्चालन गरेका अन्डरग्राउण्ड पार्किङ खाली गराउँदै आएको छ। पछिल्लो समय मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड पनि हटाउने अभियानमा महानगर छ।

समाचार