पाल्पामा करेन्ट लागेर एकजनाको मृत्यु

पाल्पा : पाल्पामा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङ जिल्लाको जन्तेढुंगा गापा-३ का ३४ वर्षीय महेश राई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

तानसेन नगरपालिका-३ सिल्खानटोल निवासी झवीन्द्र देवकोटाको घर बनाउने क्रममा उनी आज बिहान साढे ८ बजे करेन्ट लागेर घाइते भएका थिए।

गम्भीर घाइते राईको तानसेनस्थित युनाइटेड मिसन अस्पताल उपचारका क्रममा मृत्यु भएको हो।

मजदुरी गर्दै आएका उनी तानसेन-१ गैरागाउँ बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार समाज