एमाले अध्यक्ष ओलीलाई देख्दा राजतन्त्रको याद आउने: मुख्यमन्त्री पाण्डे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देख्दा राजतन्त्रको याद आउने बताएका छन् । उनले ओलीको शैलि राजतन्त्र सम्झाउने खालको भएको बताएका हुन् । एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौँडाको बुद्धचोकमा स्वागत गर्दै एकिकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले ओलीको कारण एमालेमा विभाजन आएको बताए । ओलीले पार्टीमा राजावादी शैलि अपनाएपछि आफुहरु समाजवादी अभियानमा सामेल भएको उनको भनाई छ । ।

उनले भने ‘नेकपा एकीकृत समाजवादी ओलीको गलत प्रवृत्ति र ओली फालिसकिएको राजतन्त्र बनेपछि जन्मिएको पार्टी हो र समाजवाद जन्माउने हामी नै हौँ।’-khabarbreak

मुख्य समाचार राजनीति समाचार