नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता बिहीबार सुरु हुँदैछ। 

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडि नै हुन लागेको हो।

प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेल हुनेछन्। दुई खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी मैदानमा हुनेछ।

त्रिवि मैदानमै हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ। 

मूलपानी मैदानमा हुने पहिलो खेलमा मधेस प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ। मूलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश भिड्नेछन्।

प्रतियोगितामा तीन विभागीय सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

खेलकुद समाज