राप्रपा नेपाल मकवानपुरले प्रतिनिधी र प्रदेशसभामा को–को गरे उम्मेद्वार सिफारिस ?

हेटौंडा । राप्रपा नेपाल मकवानपुरले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य लागि उम्मेद्वारहरु सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले क्षेत्र नंबर १ को लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा र क्षेत्र नंबर २ को लागि पार्टीका महामन्त्री राजाराम बर्तौलालाई उम्मेद्वार बनाउने सर्बसम्मत एकल नाम सिफारिस गरेको हो ।

यसैगरि, बैठकले प्रत्यक्ष तर्फ मकवानपुर १ को ‘क’ का लागि राजाराम अर्याल, बद्री कुँवर, कमल बिडारी ‘ख’ का लागि दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ ,अर्जुन ढुंगाना तथा मकवानपुर २ को ‘क’ का लागि बैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाँई ‘ख’ का लागि राधाकृष्ण बिष्ट ,सुजेन्द्र ठकुरी र चन्द्रमान लामाको नाम सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।-janapatra

राजनीति समाचार