१ लाख २३ हजारले बुझाएनन् चुनावी खर्च, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले स्थानिय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।  

आयोगले आज सूचना जारी गर्दै कानुनले तोकेको ३० भित्र विवरण नबुझाएकाहरुलाई ७ दिन भित्र सफाइसहितको स्पष्टिकरण पेश गर्न भनेको हो। नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितीको चुनावमा उम्मेदवार बनि खर्च विवरण बुझाएकाहरुका नाम हिजो आयोगले सार्वजानिक गरेको थियो। 

कुन कुन कारणले खर्चको विवरण नबुझाएको हो? करणसहित ७ दिन भित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोग नेपालमा पेश गर्न सुचनामा भनिएको छ।  

आयोगका अनुसार ८५ प्रतिशतले चुनावी खर्च बुझाएका छैनन्। निर्वाचन आयोगले हिजो निर्वाचन खर्च समयमै पेश गर्ने र खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो। जसअनुसार १ लाख २३ हजार भन्दा बढीले खर्च विवरण बुझाएका छैनन्।  

गत बैशाख ३० गते सम्पन्नं स्थानीय तहको चुनावमा एक लाख ४५ हजार उम्मेदवार प्रतिष्पर्धामा थिए।

मुख्य समाचार समाचार