तीन दिनभित्र कर नबुझाए भृकुटीमण्डप बजार बन्द गरिदिने चेतावनी

काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले तीन दिनभित्र भृकुटीमण्डप क्षेत्र भित्रका खुला बजार,पक्की स्टल,बुथ,घुम्ती तथा साना पसललगायत भाडामा बस्नेहरुलाई बहाल कर बुझाउन निर्देशन दिएको छ।

भृकुटीमण्डप सञ्चालन कार्यालयले गत मंगलबार ती क्षेत्रमा सूचना नै टाँसेर कर बुझाउन निर्देशन दिएको हो। ‘पसल,जग्गा भाडामा लिइ बसेका व्यक्ति,संस्था एवं कार्यालयहरुलाई नियमअनुसार बुझाउनुपर्ने हाल सम्मको बहाल कर बुझाएको भए भौचरको प्रति यस  कार्यालयमा पेश गर्न र नबुझाएको भए सम्बन्धित निकायमा गइ बुझाउन सूचित गरिन्छ,’सूचनामा उल्लेख छ।

यो सूचनालाई बेवास्ता गरे काठमाडौं महानगरपालिकाबाट प्राप्त पत्रअनुसार व्यवसाय बन्द गरिने कार्यालयले चेतावनी दिएको छ। 

मुख्य समाचार समाचार