स्याङ्जा –२ बाट पद्मा अर्यालको नाम सर्वसम्मत सिफारिस

पाल्पा :  स्याङ्जा क्षेत्र नम्बर –२ का उमेदवारको लागि पद्मा अर्यालको नाम सर्वसम्मत सिफारिस भएको छ।

नेकपा एमाले स्याङ्जाको बैठकले उनको नाम सर्वसम्मत सिफारिस गरेको सचिव राजेन्द्र डुम्रेले बताए। उनकाअनुसार क्षेत्रको बैठकबाट अर्यालसहित ३ जनाको नाम जिल्लामा सिफारिस भएको थियो।

तीनै जना आकांक्षीको सहमतिमा एक जना अर्थात् उनको नाम मात्रै प्रदेशमा सिफारिस भएको उनले बताए।  अर्याल यसअघि २०७४ सालको संघीय निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन्। उनले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी हुन्।

राजनीति समाचार