चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली आज नेपाल आउने

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको तीनदिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन्। 

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको छ। सोमबार नै सभामुख सापकोटा र लीले वार्ता गर्नुहुने कार्यसूची छ।

वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ। 

सभामुख सापकोटाले नेता ली तथा चिनिया प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोज आयोजना गर्ने छन्। 

मुख्य समाचार राजनीति