बागमतीमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजमा ल्याइने 

बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई बोलीचाली र सरकारी कामकाजमा प्रचलनमा ल्याउने निर्णय भएको छ ।

बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटै जिल्लामा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजमा प्रचलनमा ल्याउने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनले प्रदेशभर तामाङ र नेवारी भाषालाई बोलीचाली र सरकारी कामकाजमा ल्याउने प्रक्रिया अगाडि तत्काल बढइने जानकारी दिए ।

यसअघि सरकारी कामकाजमा नेपाली मातृ भाषमात्रै प्रयोगमा आइरहेको थियो । यसैगरी, मन्त्रिपरिषद् बैठकले गतवर्ष २०७८÷०७९ मा विनियोजित रकम सर्भर डाउन भएकाले रोकिएको भुक्तानी दिने निर्णय भएको मन्त्री खनालले बताए ।

उनले प्रदेश औद्योगिक व्यवसायी नियमावली–२०७९ स्वीकृत भएको बताए । प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश–२०७९ स्वीकृत गरिनुका साथै हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।

प्रदेश समाचार बागमती प्रदेश समाचार