एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। 

पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  

पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले सम्बोधन गर्ने कायक्रम रहेको गुरुङले बताए। उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।

मुख्य समाचार राजनीति समाचार