कस्तो रहला आजको मौसम? 

हाल देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाले आगामी दिनसम्मै वर्षा हुने जनाएको छ।

समाचार समाज