हेटौंडामा खैरो हिरोइन सहित एक भारतीय दम्पती पक्राउ 

हेटौंडा  । मकवानपुरको हेटौंडामा लागुऔषध खैरो हिरोइन सहित एक भारतीय दम्पती पक्राउ परेका छन्।सोमबार दिउँसो हेटौंडा-१० बसपार्कसँगै जोडिएको आनन्दटोलमा स्थानीय ईन्दिरा प्रजापतिको घरमा डेरामा बस्ने एक भारतीय दम्पती लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका हुन्। 
भारतको पश्चिमी चम्पारण बेतिया किलाग्राम घर भएका २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी दासलाई ८ ग्राम २४० मिलि ग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन।  निज दम्पतीलाई कोठामै  हिरोइन विक्री वितरण गरिरहेको भन्नै गोप्य सूचनाको आधारमा जिप्रका मकवानपुरबाट खटि गएको प्रहरी सहायक निरीक्षकको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।-prastakhabar

समाचार समाज