५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै 

 ५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्।

नेपालले  संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई २०४७ भदौं २९ गते अनुमोदन गरेको दिनको अवसरलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउँदै आएको छ । दिवस २०६३ सालदेखि मनाउन थालिएको हो। 

बालदिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले बालबालिकाको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासमा आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्। 

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हक सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गर्दै उनले कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता रहेको बताएकी छिन्। 

मुख्य समाचार समाचार समाज