अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट एकाएक गायब 

अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट एकाएक गायब भएकी छन् । उनका आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय छन् ।

‘सम्हालिन्छ कहिले मन’ प्रवर्द्धन गर्न एक सातासम्मै हल दौडाहामा खटेकी पूजा केही दिनदेखि भर्चुअल प्लेटफर्मबाटै हराएकी हुन् । फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी गरेपछि उनी यी प्लेटफर्मबाट टाढा भएको खुलेको हो ।

सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।

निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा उनी फर्कने चर्चा छ ।

समाचार समाज