तोलामा ७ सय घट्यो सुनको भाउ

नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। नेपालमा सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।

छापावाल सुनको आज नेपाली बजारमा ९२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।  चाँदीको भाउ प्रतितोला १ हजार १७५ रुपेयाँ तोकिएको छ।

हिजो सुन १०० रुपैयाँले घटेर छापावाल ९३ हजार ५०० रुपैयाँ तथा तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।  चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

अर्थ