भूमि आयोगले तत्कालका लागि रोक्यो जग्गा वितरण

राष्ट्रिय भूमि आयोगले तत्कालका लागि जग्गा वितरण स्थगन गरेको छ। 

निर्वाचन आयोगले भूमि आयोगलाई जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण कार्य रोक्न निर्देशन दिएकाले आयोगले तत्काललाइ वितरण कार्य स्थगन गरेको हो। 

आयोगले रोक्न निर्देशन दिएका काम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको आयोगले आज सूचना निकालेर जानकारी दिएको छ।

आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत संकलन, नापजाँच तथा निस्सा तथा जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ। 

प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको थियो। 

मुख्य समाचार समाचार