राष्ट्रपति भण्डारीद्वारा चोलेन्द्रलाई प्रधान न्यायाधीशकै हैसियतमा शीतल निवासमा निम्ता



२ असोज / सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नजरबन्दमा राखेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले भने राणालाई प्रधानन्यायाधीश कै हैसियतमा शितल निवासमा निमन्त्रणा गर्नुभएको छ ।

चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ।

प्रधानमन्त्री श‍ेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्ता गर्नुभएको छ ।

राणामाथिको महाअभियोग सिफारिस संसद्को कार्यकाल सकिएका कारण अलपत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाउनु भएको हो । उता सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता गरेको छ।

राणाले आइतबार सर्वोच्च अदालत जाने तयारी गरेपछि सरकारले उनको निवासको बाहिरभित्र बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्दै उनलाई घरमै नजरबन्दमा राखेको छ।
#नारायणी अनलाईबाट

मुख्य समाचार