प्रचण्डद्वारा सैनिक जहाजको दुरुपयोग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि अर्थ मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर चर्टर गरिदिएको पाइएको छ। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको लागि उडान भर्न प्रचण्डका लागि अर्थमन्त्रालयले हेलिकप्टरको व्यबस्था गरिदिएको हो।

उनी वाहालवाला प्रधानमन्त्री होइनन् र उनी कहिल्यै नेपालको रक्षामन्त्री पनि भएका छैनन्। उनी सत्तारुढ दलहरुमध्ये एउटा दलका अध्यक्ष हुन् र उनीजस्ता ५ वटा दल वर्तमान सत्ता गठबन्धनमा छन्। तर, असोज ३ गते काठमाडौंको त्रिभुवन विमानास्थलबाट सैनिक जहाज चढेर उनी सोलुखुम्बु पुगेका थिए।

थुलुङ दूधकोशी गाउपालिकाको निमन्त्रणामा भवनहरु उद्घाटन गर्ने कार्यक्रम लिएर उनी त्यहाँ पुगेका थिए र नेपाली सेनाको हेलिकोप्टरले उनलाई सेवा दिएको थियो।

मुख्य समाचार राजनीति समाचार