सुनचाँदीको भाउ घट्यो 

साताको चौथो दिन बुधबार नेपाली बजारमा  सुन–चाँदीको भाउ घटेक छ।सुन तोलामा ५०० ले घटेको छ भने १० रुपैयाँले घटेको हो। 

मंगलबार ९१ हजार ८०० रहेको  छापावाल सुन आज  प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी संघले जनाएको छ। 
त्यसैगरी मंगलबार तोलाको ११८० रहेको चाँदी घटेर ११७० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

अर्थ