आज अन्तर्राष्ट्रिय शान्ति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै 

 काठमाडौं । अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने नेपालमा पनि मनाइने भएको हो । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेपछि बर्षेनी मनाईदै आएको छ ।
त्यसअघि भने सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा शुरु भएको दिन पारेर सेप्टेम्बर महिनाको तेस्रो मंगलबार शान्ति दिवस मनाउने निर्णय अनुसार सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।

अन्तराष्ट्रिय समाचार