मकवानपुरगढी गाउँपालिका स्तरिय शिक्षक फुटबल प्रतियोगितामा आयोजक भानु मावी र रुपनारायण मावी फाईनलमा प्रवेश

९ असोज,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्तरिय शिक्षक फुटबल प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा आयोजक भानु माबि र रुपनारायण माबि फाईनलमा प्रबेश गरेका छन् ।

सेमिफाईनलमा शारदा माबिलाई ५ -१ गोल अन्तरले पराजित गर्दै भानु माबि फाईनलमा प्रबेश गरेको हो भने रानिशेरा माबिलाई ११ -२ गोल अन्तरले पराजित गरेर रुपनारायण माबि फाईल प्रबेश गरेको हो ।

सेमिफाईनल अघि भएको क्वाटर फाइल खेलमा भानु माबिले जाल्पादेबि माबिलाई १४- ० गोल अन्तरले पराजित गर्दा शारदा माबिले बंशगोपाल माबिलाई ४ -१ गोल अन्तरले पराजित गर्यो । यसैगरी रानिशेरा माबिले जनक माबिलाई ३-२ गोल अन्तरले पराजित गर्दा रुपनारायण माबिले जनता माबिलाई २०- ३ को फाराकिलो गोल अन्तरले पराजित गरेको थियो ।

भानु माबि र रुपनारायण माबि बिचको फाईनल खेल आज हुने भएको छ । त्यस्तै आज नै तेस्रो स्थानको लागि शारदा माबि र रानिशेरा माबि खेल्ने छन । भानु माध्यामिक बिद्यालयकोे आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको खेल मकवानपुरगढी ३ भानु मिनि पिचमा अस्ति असोज ७ गते देखि शुरु भएको हो ।

खेलकुद मुख्य समाचार स्थानीय