झापा-इलामको सीमामा भारी वर्षा, आसपासका खोला र नदीमा बाढीको जोखिम 

गएरातिको वर्षातसँगै झापाका केही नदी तथा स(साना खोलामा पानीको सतह बढेकाले सतर्क अपनाउन भनिएको छ ।

नेपाल बाढी सूचनाका अनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई(गैडे, दमकलगायत झापाको धेरै स्थान तथा झापा(इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा(रतुवा तथा झापाका स(साना नदीमा जलसतह बढ्ने सम्भावना छ ।

सम्भावित बाढीको जोखिमबाट बच्न ती खोला तथा नदी आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मुख्य समाचार समाचार