जनकपुरमा रेल चढ्दै ओलीले भने : मधेशको विकासका लागि राम्रो काम गरेका छौँ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश झरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लक्षित कार्यक्रमका लागि मधेशमा केन्द्रित छन्। 

लोसपा छाडेर धनुषा २ बाट निर्वाचित सांसद उमाशंकर अरगरिया सांसदलाई पार्टीमा भित्र्याउन आज महिनाथपुर पुगेका हुन्। 

एमालेका नेता कार्यकर्तासहित जनकपुरबाट रेल चढेर महिनाथपुर पुगेका हुन्। उनले रेल चढ्ने क्रममा आफूलाई निकै राम्रो लागेको बताए। 

मुख्य समाचार राजनीति