हेटौंडा ४ स्थित डाटा सेन्टरमा भिषण आगलागी

हेटौंडा । मकवानपुरको हेटौंडा ४ स्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा भिषण आगलागी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले करिब डेढ घण्टादेखि भएको आगलागी नियन्त्रणमा आउन नसकेको बताए ।

उनले आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी खटाइएको समेत बताए । हाल सेन्टरमा दुई वटा दमकलले पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।आगलागी कसरि भयो भन्ने बारे खुल्न सकेको छैन् ।

समाचार समाज