बागमती प्रदेशका किसानलाईं प्राङ्गारिक मल वितरणमा सहयोग गरिदै 

हेटौंडा । बागमती प्रदेशका प्रत्यक जिल्लाका किसानलाईं प्राङ्गारिक मल वितरणमा सहयोग गर्न लागिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङ्गारिक मल वितरणममा सहयोग गर्नेगरी चालु आर्थिक वर्षमा काम गर्न लागेको छ ।

प्रदेशका प्रत्यक जिल्लाका किसानलाई प्राङ्गारिक मल बिक्री वितरणमा प्रतिकेजी दश रुपैयाँ अनुदान रकम दिन लागेको प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधानले बताउनुभयो । निर्देशनालयले सूचना प्रकासन गरेर आवहान गर्ने र त्यसपछी बिभीन्न सहकारी, संस्थाहरु, फार्महरुले त्यसमा निवेदन दिएर प्रदेश सरकारको समेत सपोर्टमा प्राङ्गारिक मल वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

प्रदेशमा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउन, विक्री वितरणमा थप सहज बनाउन चालु आर्थिक वर्षमा मन्त्रालयले यो कार्यक्रम गर्न लागेको हो । माटोमा प्राङ्गारिक पदार्थमो मात्रामा बृद्धी गरेर कृषि उपज र उत्पादनलाई बृद्धी गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने प्रधानले बताउनुभयो । प्रदेशका कृषि समुह, कृषक, कृषि फार्म, कृषि सहकारीलाई बढीमा दश मेट्रिक टन सम्म प्राङ्गारिक मल वितरणमा सहयोग गरिने भएको छ ।

प्रदेश सरकारले किसानलाईं प्राङ्गारिक मल वितरणमा यसरी सहुलियत दिदैछ । कार्यबिधीको केही बुँदा यस्ता छन् ।

कृषि समाचार समाचार समाज