बुधबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बुधबार मध्यरातदेखि आचारसंहिता लागू हुँदैछ। 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिए। आयोगले गत भदौ १३ गते आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो। स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।

मुख्य समाचार समाचार