राष्ट्रिय बिमा कम्पनीको अध्यक्षमा मकवानपुरका उपाध्याय नियुक्त


१६ असोज,हेटौंडा- राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा मकवानपुरका दिनेश उपाध्याय नियुक्त हुनुभएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार उपाध्यायलाई ४ बर्षे कार्यकाल रहनेगरी नियुक्ती गरिएको हो ।

नेपाली काङ्ग्रेसका महासमिति सदस्य रहनु भएका उपाध्याय मकवानपुर जिल्ला सहकारी संघका सचिव समेत रहनुभएको छ । उहाँ मकवानपुरका प्रभावशाली ब्याक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

नियुक्तीसंगै उपाध्यायले शुक्रबार नै कार्यभार सम्हाल्नु भएको छ । बिमा क्षेत्रलाई समयानुकूल बनाई बिमा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न आफू क्रीयाशिल हुने अध्यक्ष उपाध्यायले बताउनु भएको छ ।

मुख्य समाचार समाज