विदेशी रक्सीको आयतलाई रोक्न बागमती प्रदेशमा उत्पादन हुने किबि सहितको फलफूलबाट रक्सी बनाउन सकिन्छ : बानीयाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँले विदेशी रक्सीको आयतलाई रोक्न बागमती प्रदेशमानै रक्सी उत्पादन गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बोल्दै बानीयाँले बागमती प्रदेशमा उत्पादन हुने किबीसहितका फलफूलबाट गुणस्तरीय रक्सी बनाउन सकिने बताए । उनले भने ‘विदेशबाट आउने रक्सीलाई कम आयात होस् भनेर आफ्नै स्थानीय कृषिका उपज प्रयोग गरेर रक्सी बनाउनुपर्छ’, । उनले विदेशबाट आयत हुने कपडामा कर बढाएर नेपाली कपडा उत्पादनलाई बढाउनुपर्ने बताए ।

बानीयाँले बागमती प्रदेशमा कांग्रेसको सरकार बनेमा २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । ‘बागमती प्रदेशले विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई पहिलो वर्ष नेपाली कांग्रेसले २५ सय घर बनाएर हस्तान्तरण गर्नेछ’, उनले भने, ‘कांग्रेसको सरकार बन्ने वित्तिकै अभियानको शुरु गर्नेछ ’उनले भने ।

मुख्य समाचार राजनीति समाचार समाज