मकवानपुरमा स्थानीय तह सदस्य निर्वाचन पछि ५ हजार ८ सय बढी मतदाता थपिए

हेटौंडा। मकवानपुरमा स्थानीय तह सदस्य निर्वाचन पछि ५ हजार ८ सय १४  बढी मतदाता संख्या थपिएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन-२०७९ पछि मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ र २ मा गरी कूल ५ हजार ८१४ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।


 थप भएका मतदातासँगै मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ५० हजार १५५ र निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ५० हजार ७५८ जना मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन्।

थप भएका सँगै मकवानपुरमा  अब  ३ लाख ७ ३३ जना कुल मतदाता संख्या रहेको  छ ।


त्यसैगरी  मकवानपुर क्षेत्र नम्वर १ र २ मा गरी कुल १६७ वटा मतदान स्थल र ३६४ वटा मतदान केन्द्रहरु तोकिएको छ।जसमा निर्वाचन क्षेत्र नम्वर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्वर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको पौडेलले बताएका छन्।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय