आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आयो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन। 

शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रीत भएको आरोप उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप समेत लगाए। थापाले अहिलेको सरकार डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको पनि बताए।

थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेङ्गु नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए।

मुख्य समाचार राजनीति समाचार