३० अर्ब रुपैयाँ बजारमा पठाउने राष्ट्र बैँकको तयारी 

हेटौंडा । राष्ट्र बैँकले तरलता व्यवस्थापनका लागि रिपोमार्फत् ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । 
लामो समयदेखि तरलताको अवस्था सुधार हुन नसकेपछि अल्पकालिन रूपमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैँकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो । 
त्यसका लागि राष्ट्र बैँकले बिहीबार अक्सन (बोलकबोल) का लागि बैँक तथा वित्तीय संस्थालाई आह्वान गरेको थियो । बोलकबोलमा वाणिज्य बैँक, विकास बैँक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । 
उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ । खासगरी दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या झनै जटिल नबनोस् भन्ने उद्देश्यका लागि रिपोमार्फत केही रकम बजारमा पठाउन राष्ट्र बैँकले जनाएको छ ।

अर्थ