हेटौँडाबाट लागु औषध सेबन गरि सबारी चलाउने तीनजना चालक पक्राउ

हेटौँडा । लागु औषध सेवन गरि सबारी चलाउने तीनजना सबारी चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ

हेटौँडा–काठमाण्डौँ छोटो मार्ग अन्र्तग हेटौँडा उपमहानगरपालिका वडा नंबर १ तिरतिरे धारा क्षेत्रमा सबारी जाँच गर्ने क्रममा प्रहरीले तीनजना चालकलाई नियन्त्रणमा लिएको हो ।


चालकहरुको पिशाव जाँचबाट लागुऔषध प्रयोग गरेको पत्ता लागेपछि उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।

नियन्त्रणमा लिईएको चालकहरुको विषयमा थप अनुुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार समाज