मकवानपुर प्रहरीले सुरु गर्यो नाईट बसमा गस्ती

हेटौँडा । चाडपर्वको समयमा हुने लुटपाट तथा अपराधलाई नियन्त्रण गर्न राजमार्ग क्षेत्रमा मकवानपुर प्रहरीले हरियार सहितको प्रहरी गस्ती सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको हेटौँडा स्थित बसपार्क क्षेत्रबाट आफ्नो सिमाक्षेत्र रहेको पश्चिम क्षेत्र मनहरी गाउँपालिकाको लोथर तथा दक्षिण तर्फ चुरीयामाई मन्दिर क्षेत्रसम्म पूर्व–पश्चिम राजमार्ग खण्डमा सबारीभित्र हतियार सहितको प्रहरी परिचालन गरेको हो ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्र्तगत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वामदेब गौतमले बताए । गस्तिमा रहेका प्रहरीले शंकास्पद गतिविधि गर्ने ब्यक्तिलाई तुरुन्तै नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्ने प्रहरीको भनाई छ । रात्रिकालिन समयमा हुने लुटपाट तथा आपराधिक क्रियाकलापलाई कम गर्न गस्ति प्रभावकारी हुने प्रहरीको दाबी छ ।

समाचार समाज