प्रहरी निरिक्षक कार्की उत्कृष्ट घोषित

हेटौँडा । ईलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्की भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएकि छिन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।


प्रहरी निरिक्षक कार्कीको नेतृत्वमा भदौ महिनाभर लागु औषध नियन्त्रण र पक्राउको सन्र्दभमा उल्लेख्य प्रगती भएको, आफ्नो जिम्मेवारीलाई जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ भई सम्पादन गर्दै बिभागिय नीति निर्देशनको अक्षरस पालना गरेको भन्दै उत्कृष्ट प्रहरीबाट सम्मानित गरिएको हो ।

मुख्य समाचार समाचार समाज