हेटौंडा-१८ मा अटोको ठक्करबाट युवती गम्भीर घाइते

हेटौंडा। बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१८ बड्कुलेमा अटोको ठक्करबाट एक पैदल यात्री युवती गम्भीर घाइते भएकी छिन। 


हेटौडा-१८ बड्कुले चोकमा फुर्केचौर बाट हेटौडा तर्फ जादै गरेको ना १ ह ६२५७ नम्बरको अटोले पैदल यात्री  सोही वडा  आरामपुर बस्ने २२ बर्षीया पुजा थापा मगरलाई ठक्कर दिएको हो।


अटोको ठक्करबाट मगर बेहेस रहेको र हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागी भरतपुर पठाइएको जनाइएको छ। ठक्कर दिने अटो तथा चालक ठुलदमार प्रहरीको नियन्त्रणमा रहेको मकवानपुरका डिएसपी टेक बहादुर कार्कीले बताएका छन् ।

समाचार समाज