सुनको मूल्य बढ्यो 

हेटौंडा। नेपाली बजारमा साताको छेठौं दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढेको हो। 
आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी संघले जनाएको छ। 
त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

अर्थ