सबारी दुर्घटना कम गर्न  मकवानपुरमा आजबाट टाईमकार्ड लागु

हेटौँडा । चाडपर्वमा हुने सबारी दुर्घटनालाई कम गर्न मकवानपुरमा आजबाट टाईमकार्ड लागु भएको छ ।

टाईम कार्ड प्रणालीअनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ चुरियामाई पिपलचौतारादेखि मनहरी गाउँपालिका वडा नंबर ७ को करिब ५० किलोमिटर सडक यात्रा अबधिका लागि लागु हुने जनाइएको छ ।

मकवानपुरमा रहेको राजमार्ग क्षेत्रमा टाईमकार्ड लागु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राजमार्गमा रुटमा चल्ने यात्रुबाहक बसहरुलाई रोकेर चेकजाँच गर्नुको साथै तिब्र गतिमा सवारी चलाउदा हुन सक्ने संभावित दुर्घटनालाई न्युनिकरण गर्न र सुरक्षित यात्राको लागि सवारी साधनहरुलाई टाईम कार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मुख्य समाचार समाचार समाज