गढी गाउँपालिकामा प्राबिधिक तर्फ  इन्जिनियर पदको लिखित परिक्षामा फेल भएकालाई अधिकृतको जागिर  


हेटौंडा ।
 मकवानपुरगढी गाउँपालिकामा चालु आर्थिक वर्षको साउन १ गते देखि करार र ज्यालादारीमा काम गर्ने सबै कर्मचारीलाई अयोग्यको बिल्ला भिराएर हटाइएको थियो । पहिलेको सरकारले भर्नागरेकाहरुलाई अयोग्य भनेर हटाइयो । गाउँपालिका र वडाबाट हुने काम गर्न असहज भएपछी गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट काम गराउनेगरी क्षमतावान कर्मचारी नियुक्त गर्ने भनेर पत्रिकामा सूचना प्रकासन गरेर नियुक्तीको प्रक्रिया सुरु गरियो ।

गाउँपालिकाले लिखीत र अन्तवार्ता दुबै लिएर मात्र करारमा कर्मचारी भर्ना गर्ने भनेर सूचना प्रकासन पनि गरियो । तर, प्राबिधिक तर्फ इन्जिनियर पदमा लिखित परिक्षामा परिक्षा दिएकामा कोही पनि उत्रिण हुन सकेनन् । इन्जिनियरमा परिक्षा दिएर फेल भएका मध्य एक जनालाई मकवानपुरगढी गाउँपालिकाले जागिर दिएको छ ।

गाउँपालिकाले सूचना प्रकासन गरेर परिक्षा दिएर फेल भएका इन्जिनियर जीवन घिमिरेलाई जागिर दिएको हो । योग्य र क्षमतावान कर्मचारी भर्ना गर्ने भनेर लिखीत परिक्षा लिने अनी त्यही परिक्षामा फेल भएकालाई दैनिक ज्यालादारीमा भर्ना गरिएपछी थप समस्या भएको कर्मचारीहरु बताउँछन् । परिक्षामा फेल हुने अनी जागिर खान आउने र फेल भएकालाई जागिर दिने माथी पनि नैतिक प्रश्न उठेको कर्मचारीहरु बताउँछन् ।

गाउँपालिकाको इन्जिनियरको लिखीत परिक्षामा फेल भएका घिमिरेलाई करारमा नभइकन दैनिक ज्यालादारीमा जागिर दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । करारमा भर्ना गर्नका लागि परिक्षा लिएको र त्यस परिक्षामा फेल भएकाले दैनिक ज्यालादारीमा भर्ना गरिएको उहाँले बताउनुभयो । परिक्षा लिएर फेल भएको नतिजा प्रकासन गरेर फेरी त्यही व्यक्तिलाई जागिर दिएको काम अनौठो भएको कर्मचारीहरु बताउँछन् ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय