हेटौँडाबाट बिरगंज जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु  


हेटौँडा । हेटौँडाबाट बिरगंज जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट बिरगंज तर्फ जादै गतेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रीत भएर सडकबाट करिब सय मिटर तलखस्दा भएको दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नंबर २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको हो ।

दुर्घटनामा घाईते भएर हेटौँडा अस्पताल ल्याईएको ५ महिला तथा ७ पुरुष गरि १२ जना तथा चुरेहिल अस्पतालमा १ जना गरि १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

समाचार समाज