कमानेमा रहेको आराधना सुनचाँदी पसलमा चोरी 

हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको सुन पसलमा चोरी भएको छ । हेटौँडा–८, कमानेमा रहेको आराधना सुनचाँदी पसलमा चोरी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मंगलबार राती सुनचाँदी पसलको पछाडिको ढोका फोडी चादिँको ९० तोला गहना र सुनको २ तोला गरी दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीको भनाई छ । प्रहरीले अनुुन्धान जारी राखेको जनाएको छ ।

अर्थ समाचार समाज