पार्टीको गति र मती हेरेर आगामी पाइला चाल्छु : रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आगामी दिनमा पार्टीको गति र मतिअनुरुप आफू अघि बढ्ने बताएका छन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्वसम्मत सिफारिस भएपनि टिकटबाट बञ्चित गरिएको विषयमा बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो बताएका हुन्।

‘आगामी दिनमा राष्ट्रिय राजनीति, पार्टीको गति र मति अनुरुप मेरा पाइला अघि बढ्नेछन्।’ उनले भने। 

उनले पार्टीभित्र देशभक्तहरूको विशाल संख्या रहेको भन्दै उनीहरुले पार्टीलाई ठीक ठाउँमा ल्याउँछन् भन्ने आशा रहेको बताए। 

‘देश र जनताको पक्षमा मैले उठाउँदै आएको झण्डा अविचलित निरन्तर उठाइरहनेछु।’ रावलले भने, ‘देश र जनताका हकहित विरुद्धका विचार र गतिविधिविरुद्ध संघर्ष जारी रहनेछ।’ 

पार्टीभित्र आफ्नो यो आफ्नो चित्कार नभई राजनैतिक र वैचारिक संघर्ष भएको रावलले बताए। 

मुख्य समाचार राजनीति समाचार