प्रचण्डसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण माग



२८ असोज,काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

सोही विषयमा प्रचण्डलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन समेत आयोगले निर्देशन दिएको छ । आयोगले सोधेको स्पष्टीकरणमा ‘यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा एकको खण्ड (ण) को व्यवस्थाको उल्लंघनमा किन कारवाही गर्नु नपर्ने हो ?’ उल्लेख गरिएको छ ।

यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र आयोगमा प्राप्त हुने गरी स्पष्टिकरण गर्नहुन निर्णयानुसार अनुरोध गरिन्छ, आयोगले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

मुख्य समाचार राजनीति समाज