व्यवसाय दर्ता गर्न महानगरले दियो ३० दिनको समय

काठमाडौं महानगरपालिकाले व्यापार–व्यवसाय दर्ता गर्न आग्रह गरेको छ। सञ्चालनमा रहेका व्यवसाय नजिकको वडा कार्यालयमा गई ३० दिनभित्र दर्ता गर्न महानगरले आग्रह गरेको हो। 

संघ र प्रदेश सरकारबाट अनुमति लिएका व्यवसाय समेत महानगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको पाइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ। 

अनुगमनका क्रममा  दर्ता नगरी व्यापार-व्यवसाय गरेको पाए काठमाडौं महानगरपालिका राजस्व ऐन बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने चेतावनी दिइएको छ।

समाचार समाज